ad ad

समाज


तराईमा कोरोनाको जोखिम बढ्दै, भारतबाट लकडाउनमै भित्रिए १६ सय बढी मानिस

तराईमा कोरोनाको जोखिम बढ्दै, भारतबाट लकडाउनमै भित्रिए १६ सय बढी मानिस

शैलेन्द्र महतो
बैशाख १६, २०७७ मंगलबार १२:३,

प्रदेश २ मा नोपल भारत खुल्ला सीमाको कारण कोरोना संक्रमण फैलिने जोखिम बढेको छ। मंगलबारसम्म प्रदेश २ मा फेला परेका ९ जना कोराना संक्रमित व्यक्तिहरु अधिकांशा भारतबाट खुल्ला सीमा हुँदै प्रवेश गरेको पाइएको छ।

मंगलबार मात्र रौतहटमा २ जना कोरोना संक्रमित पीसीआर परिक्षणबाट फेला परेका छन्। ती दुवैजना भारतबाटै खुल्लासीमाको चोरबाटो हुँदै नेपाल प्रवेश गरेको पाइएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए। 

भारतको कोलकाताबाट चैत १७ गते खुल्ला सीमाको चोरबाटो हुँदै घर आएका रौतहटको वृन्दावन नगरपालिका ९ भुसहाका २४ वर्षीय युवक र भारतकै नयाँ दिल्लीबाट वैशाख ४ गते घर फर्कि रौतहटकै देवाही गोनाही नगरपालिका १ करोडियामा बस्दै आएका ३५ वर्षीया पुरुषमा पीसीआर परीक्षण मार्फत कोरोना संक्रमण भएको पुष्टि भएको छ। यसअघि सर्लाही, रौतहट र पर्सामा फेला परेका कोरोना संक्रमित अधिकांश भारतबाटै खुल्ला सीमाको चोरबाटो हुँदै नेपाल प्रवेश गरेका थिए।

लकडाउन भएदेखि यता खुल्ला सीमा हुँदै भारतबाट प्रदेश २ को ८ जिल्लामा १ हजार ६ सय २० जना घर आएका छन्। सप्तरीमा १५० जना, सिरहामा १७९ जना, धनुषा १०१ जना, महोत्तरी १५९, सर्लाहीमा ३३८ जना, रौतहटमा २५७ जना, बारामा ९३ जना र पर्सामा ३ सय ४३ जना खुल्ला सीमाना हुँदै नेपाल प्रवेश गरेको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार उनीहरुलाई नजिकैको क्वारेन्टिन तथा होम क्वोरेन्टिनमा राखिएको छ।

खुल्ला सीमाको चोरबाटो हुँदै यति मात्र व्यक्तिहरु मात्र नेपाल प्रवेश गरेको हुन सक्नेमा प्रदेश सरकार, प्रहरी प्रशासन र स्थानीय सरकार विश्वस्त छैनन्। खुल्ला सीमाबाट यसका अलाबा पनि थुप्रै व्यक्तिहरु भारतबाट नेपाल छिरेको हुन सक्ने हुनाले उच्च सतर्कता अपनाउन र त्यस्ता व्यक्तिहरुको खोजी गरी क्वारेन्टिनमा राख्न सहयोग गरिदिन सामाजिक विकास मन्त्रालयले सबैमा अपिल समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .