कुकुरका बच्चालाई अमानवीय तरिकाले बन्धक बनाएको भन्दै प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार प्रदेश, जिल्ला पटना, आलमगंज घर भइ काठमाडौं महानगरपालिका १५ चौमती बस्ने वर्ष १८ को महमद गुड्डु र वर्ष २८ को महमद नासाद रहेका छन्।
चौमती स्थितमा टहरा भाडा लिइ फलामे पिँजडामा ३३ वटा कुकुरको बच्चाहरूलाई निर्दयी तवरले बन्धक बनाई राखेको अवस्थामा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले ती छाउरा छाउरीहरूको उद्धार गरी टिम संकल्प नेपाल संस्थाको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
सो अपराधमा संलग्न भारतीय नागरिकलाई काठमाडौं जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका मानिसहरू
Shares

प्रतिक्रिया