समाज


कतारस्थित नेपाली दूतावासले सेवाग्राहीलाई भन्यो– धेरै हल्ला र अनावश्यक भिडभाड नगर्नू, छिमेकीलाई असहज भयो

कतारस्थित नेपाली दूतावासले सेवाग्राहीलाई भन्यो– धेरै हल्ला र अनावश्यक भिडभाड नगर्नू, छिमेकीलाई असहज भयो

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १६:३४, काठमाडौँ

कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपाली नागरिकहरूलाई मर्यादित व्यवहार गर्न आग्रह गरेको छ। दोहास्थित दूतावासले सूचना जारी गर्दै दूतावास वरपरका कतारी र अन्य विदेशी नागरिकले नेपाली सेवाग्राहीका कारण असहजता भएको गुनासो आएको जनाउँदै मर्यादित हुन भनेको हो।  

'यस राजदूतावासको कार्यालय परिसर बाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारी साधन पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा होहलला गर्ने कार्यले यस राजदूतावासको छिमेकमा रहेका बासिन्दाहरूलाई असहजता परेको भनी बारम्बार गुनासो आइरहेको,' दूतावासले भनेको छ।

त्यस्तै दूतावासले सेवाग्राहीहरूलाई कार्यालय समयलाई ख्याल गरेर मात्रै सेवा लिन आइदिन, छिटो आउनै पर्ने भए बिहानको ८ बजेमात्र आइपुग्न, सेवा लिन सम्बन्धित सेवाग्राही मात्र उपस्थित भइदिन र कार्यालय आसपास लामो समयसम्म नबस्न आग्रह गरेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad