समाज


सुन्धारा र भीमफेदी कारागारबाट फरार दुई कैदी पक्राउ

सुन्धारा र भीमफेदी कारागारबाट फरार दुई कैदी पक्राउ

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १९:०, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा अलग अलग कारागारबाट फरार दुई जना कैदी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंले केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार डाँका चोरी मुद्दाका कैदी जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका ३ घर भएको वर्ष ३२ को सुजन रसाइलीलाई काठमाडौं महानगरपालिका ६ आरुबारी सिमलटारबाट पक्राउ गरेको हो। 

साथै, प्रदर्शनको क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरबाट पर्खाल भत्काई फरार लागुऔषध मुद्दाका कैदी जिल्ला मकवानपुर, बकैया गाउँपालिका ६ घर भएको वर्ष २५ को विष्णुलाल थिङलाई काठमाडौंको कागेश्वरी मनोहरा ६ ग्रीनहिलसिटिबाट पक्राउ गरेको छ। 

उनीहरूमाथि आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad