समाज


जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण छिटो गर्न गृह मन्त्रालयको निर्देशन

जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण छिटो गर्न गृह मन्त्रालयको निर्देशन

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १७:२९, काठमाडौँ

नेपाल सरकार गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण कार्य शीघ्र सुरु गर्न निर्देशन दिएको छ।

मन्त्रालयको राहत तथा तथ्यांक व्यवस्थापन शाखाबाट आइतबार जारी पत्र अनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ स्वीकृत भएसँगै सो कार्य देशभर लागू हुने भएको हो।

निर्देशन अनुसार, जिल्लास्तरीय वर्गीकरण सहजीकरण समितिबाट घाइते र अपाङ्गहरूको वर्गीकरण प्रक्रिया ७ दिनभित्र सूचना प्रकाशित गरी सम्पन्न गर्न भनिएको छ। वर्गीकरणपछि तयार विवरण स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको जेनजी प्रदर्शन घाइते प्राविधिक समितिमा पठाइ गृह मन्त्रालयलाई जानकारी दिन समेत भनिएको छ।

मन्त्रालयले जेनजी प्रदर्शनमा घाइते भई परिचयपत्र प्राप्त गरेका व्यक्तिहरूको वर्गीकरण सम्बन्धी व्यवस्था स्थानीय प्रशासन कार्यालयबाट गर्न सकिने व्यवस्था पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad