जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते नक्खु कारागारबाट भागेका एक कैदी ललितपुरमा पक्राउ परेका छन्।
मानव बेचविखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका झापा घर भएका ३७ वर्षीय मानसिहं सुवेदीलाई सशस्त्र प्रहरीले ललितपुर महानरपालिका–४ एकान्तकुनास्थित एक क्याफेबाट नियन्त्रणमा लिएको हो।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल इेन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गण ललितपुरले सोमबार बेलुका करीब सवा ८ बजे नियन्त्रण्मा लिएको सशस्त्रका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
नियन्त्रणमा लिइएका सुवेदीलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।
39
Shares

प्रतिक्रिया