साइबर अपराधको मुद्दामा पक्राउ परेका सरकारका पूर्वसचिव भीम उपध्यायलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिइएको छ।
सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश भरतमणि खनालको इजलाशले थुनछेक बहसपछि पूर्वसचिव उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा जथावाभी टिप्पणी गरेको भन्दै उपध्यायलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
बिहीबार जिल्ला अदालत काठमाडौंमा उनलाई पेश गरिएकोमा अदालतले तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
आइतबार प्रहरीले विद्युतीय कारोवार ऐनको दफा ४७ बमोजिम पाँच वर्षसम्मको कैद सजाय वा एक लाख रुपैयाँसम्म जरिवाना माग गर्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो।
Shares
प्रतिक्रिया