बागलुङको ढोरपाटनमा शुक्रबार साँझ पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप जिप ढोरपाटन नगरपालिकाङ ८ र ९ को सिमाना च्वावीरमा दुर्घटना भएको हो।
दुर्घटनामा ढोरपाटन –७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए।
घाइतेमध्य एक जनाको अवस्था गम्भीर छ। चारै जना घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
जिप सडकबाट भूजीखोलामा खसेको हो। घाइतेको स्थानीय र नेपाल प्रहरीले उद्धार गरी बुर्तिबाङ अस्पतालमा पठाएका थिए।
222
Shares

प्रतिक्रिया