कात्तिक २२ गतेबाट नेपाल–भारत आवागमन बन्द हुने भएको छ।
कात्तिक २२ गतेदेखि २५ गतेसम्म धनुषास्थित जटही नाका लगायतका क्षेत्रमा आवागमन बन्द हुने भएको हो।
भारतको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
उक्त समयमा मानवीय वा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने प्रशासन कार्यालयले जनाएको छ।
666
Shares

प्रतिक्रिया