समाज


वनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालक युवकको मृत्यु

वनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालक युवकको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १५:४९, काठमाडौँ

काठमाडौँको वनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार ३० वर्षीय युवकको मृत्यु भएको छ। 

काठमाडौँ महानगरपालिका १६ वनस्थलीस्थित सडकमा प्रदेश नम्बर ०३–०१– ००६ ख १६५६ नम्बरको टिपरले बा प्र ०२–०४८ प ३५३४ नम्बरको मोटरसाइकलाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार संखुवासभा चैनपुर नगरपालिका ९ घर भएका ३० वर्षीय अनिल तामाङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad