समाज


प्रहरीबाट लुटेको हतियार प्रहरीलाई नै बेच्न खोज्दा पक्राउ

प्रहरीबाट लुटेको हतियार प्रहरीलाई नै बेच्न खोज्दा पक्राउ

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १८:१६, काठमाडौँ

भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको लुटिएको हतियारसहित एक जना काठमाडौँबाट पक्राउ परेका छन्।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले कैलाली टिकापुरका शिवराज धमलालाई प्रहरीबाट लुटिएको ३ थान हतियारसहित तारकेश्वरबाट पक्राउ गरेको हो। 

धमलाले सुरुमा पेस्तोल विक्री गर्न खोजेका थिए। अपरिचित भेषमा प्रहरी भने खरिदकर्ता बनेर उनसमक्ष पुगेको थियो। ग्राहक बनेर गएको प्रहरी र धमलाबीच सुरुमा हतियार हेर्ने र त्यसपछि कतिमा किन्ने भन्ने सहमति भयो। 

बिक्रीका लागि हतियार देखाएका धमलालाई अनि मात्र थाहा भयो- खरिद कर्ताले नै हातमा हतकडी लगाइदिए। त्यसपछि प्रहरीले उनको कोठामा पनि खानतलासी गर्‍यो। त्यसक्रममा थप दुई वटा हतियार पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। 

धमला पठाओ चालक हुन्। उनलाई आज बुधबार पक्राउ गरेको हो। उनीसँग थप सोधपुछ र अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad