झापाका एक ५० वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती व्यक्तिको नमूना कोशी अस्पताल, विराटनगरमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ।
‘हालसम्म प्राप्त विवरणअनुसार निज अस्पतालको सम्पर्कमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्।
हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५२ पुगेको छ भने तीमध्ये १६ जना निको भई घर फर्किसकेका छन्।

प्रतिक्रिया