समाज


११ वर्षदेखि अमेरिकामा बस्दै आएका नेपाली युवक मृत भेटिए

११ वर्षदेखि अमेरिकामा बस्दै आएका नेपाली युवक मृत भेटिए

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार ७:४३, काठमाडौँ

गएको ११ वर्षदेखि अमेरिकामा बस्दै आएका झापाका एक युवक मृत फेला परेका छन्। 

गत फेब्रुअरीदेखि बेपत्ता रहेका झापाको दमक नगरपालिका ८ स्थायी घर भएका धनबहादुर ठकुरी (प्रशान्त) को शव बेपत्ता भएको १० महिनापछि फेला परेको हो।  

खोजीका क्रममा ४१ वर्षीय ठकुरीको शव क्विन्सस्थित चिकित्सा शव परीक्षण केन्द्रमा भेटिएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ। 

ठकुरीको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उनको अन्तिम संस्कारमा समस्या सिर्जना भएपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज अमेरिका र झापाली समाज अमेरिकाले संयुक्त रूपमा आर्थिक संकलनको पहल गरेका छन्। 

दूतावासका अनुसार ठकुरीलाई न्युयोर्कको रेल स्टेसनमा बेहोस अवस्थामा देखेका एक यात्रुले इमरजेन्सी नम्बर ९११ मा सम्पर्क गरेपछि अस्पताल लगिएको थियो। 

अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरी फेब्रुअरी ८ मा न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयमा पठाएको जानकारी चिकित्सा परीक्षकको कार्यालयबाट प्राप्त भएको महावाणिज्यदूतावासले जनाएको छ। उनको मृत्युको कारण भने अझै खुलेको छैन। 

ठकुरीकी श्रीमती र दाजु अन्तिम संस्कारमा सहभागी हुन अमेरिका जाने तयारीमा रहेका बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad