समाज


नेपालको मौसममा दुई प्रणालीको प्रभाव, राति यी प्रदेशमा हुनेछ वर्षा-हिमपात

नेपालको मौसममा दुई प्रणालीको प्रभाव, राति यी प्रदेशमा हुनेछ वर्षा-हिमपात

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार १८:२१, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको मौसममा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ।

जसका कारण आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ।

यस क्रममा राति कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र हिमाल भूभागका केही स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना छ।

मौसम महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडमा आंशिक बदली रहने तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ।

यस क्रममा कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad