समाज


सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा, कहाँ कति पर्‍यो पानी?

सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा, कहाँ कति पर्‍यो पानी?

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०८२ शनिबार ७:११, काठमाडौँ

मोन्था चक्रवातको असरले शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ।

यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। 

वर्षा जारी रहेकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

यस्तै पछिल्लो २४ घण्टामा झापामा १७५ मिलिमिटर वर्षा भएको छ भने इलाममा पनि १५८ मिलिमिटर वर्षा भएको छ। 

शुक्रबार राति पौने ११ बजेसम्मको मौसम विज्ञान विभागको रेकर्डअनुसार गोरखा जिल्लामा पनि १९० मिलिमिटर वर्षा भएको छ।

त्यसैगरि सप्तरीमा १५६, उदयपुरमा १०२, मनाङमा ११५, सुनसरीमा ८२, नुवाकोटमा ८९, लमजुङमा ८२ मिलिमिटर वर्षा भएको छ। 

मौसमविद् गोविन्द झाका अनुसार अहिले पनि काठमाडौँ उपत्यकासहित बागमती, कोसी र मधेस प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको बताएका छन्। 

आज गण्डकी प्रदेशका पनि केही क्षेत्रमा पनि वर्षा हुने महाशाखाले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad