रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको छ।
शुक्रबार जारी प्रेस वक्तव्यअनुसार फ्रन्टको ३९ सदस्यीय संघीय संयोजन समिति गठन गरिएको हो।
जेनजी विद्रोहलाई संस्थागत गर्न, राज्यसँग सम्झौताका लागि एजेन्डाहरू एकीकृत गर्न र विद्रोहसँग जोडिएका सबै पक्षलाई एकताबद्ध गर्ने उद्देश्यले फ्रन्ट गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।
फ्रन्टले यसमा सामेल हुन चाहनेहरूका लागि ढोका खुला रहेको जानकारी गराउँदै जेनजी विद्रोहको दस्तावेज पनि सार्वजनिक गरेको छ।
जसमा विद्रोहको पृष्ठभूमि, तत्कालीन उपलब्धि, अभिभारा र लक्ष्य उल्लेख गरिएको छ। दस्तावेजमा जेनजी विद्रोहलाई कुनै दल वा समूहको योजना नभई असन्तुष्ट युवा पुस्ताको सामूहिक चेतनाबाट जन्मिएको ‘राजनीतिक विस्फोट’ भनिएको छ।
रक्षा बम संयोजक रहेको समितिमा युजन राजभण्डारी (संगठन समिति), यतिष ओझा (सूचना सञ्चार समिति), मनिष खनाल (संवाद समिति) र आदित्य कर्ण (प्रदेश समन्वय समिति) छन्।


Shares

प्रतिक्रिया