जिल्ला कारागार कार्यालय कास्कीबाट फरार भएका कैदी लुटपाट र तोडफोडमा संलग्न भेटिएका छन्।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका पोखरा महानगरपालिका ७ घारिपाटनका २६ वर्षीय विवश जलारीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए।
उनी वडा प्रहरी कार्यालय बैदाममा आगजनी, लुटपाट र तोडफोडमा संलग्न रहेको पाइएको छ।
उनले प्रहरीको मोटरसाइकल र क्यामेरा पनि लुटेको प्रहरीको दाबी छ। ती सामाग्री पनि प्रहरीले बरामद गरेको छ।
यसअघि उनी ज्यान मार्ने उद्योगमा कारागारमा थिए।
261
Shares

प्रतिक्रिया