जेनजी आन्दोलनको क्रममा भदौ २४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतबाट भागेका थुनुवा पक्राउ परेका छन्।
आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटमा कार्यालय तथा हिरासत कक्ष समेतलाई तोडफोड गरी आगजनी गर्दा हिरासतमा रहेका थुनुवाहरू फरार भएका थिए।
त्यसमध्ये लागुऔषध गाँजा मुद्दामा अनुसन्धान भइरहेका चन्द्रपुर नगरपालिका ६ ठोकर टोल बस्ने पनिलाल दासलाई पक्राउ गरेको रौतहटका प्रहरी निरीक्षक रुद्रराज कँडेल बताए।
बुधबार उनलाई घर टोलबाट पक्राउ गरेर पुनः अनुसन्धान अगाडी बढाएको हो।
यस्तै कारागार कार्यालय रौतहटबाट फरार भएका लागुऔषध मुद्दाकै कैदीबन्दी पनि पक्राउ परेका छन्।
चन्द्रपुर नगरपालिका १ बस्ने २८ वर्षीय उमेश राना मगरलाई पक्राउ गरेको हो। उनलाई पुनः कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया