चितवनमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित सडकमा बागमती प्रदेश ०२-०५६ प ९८०४ नम्बरको मोटरसाइकल र एनएल ०१-२३७४ नम्बरको कन्टेनर ट्रक एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा धादिङ गजुरी गाउँपालिका-८ का ३८ वर्षीय रामचन्द्र तामाङ छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।
117
Shares

प्रतिक्रिया