काठमाडौँ महानगरकापालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूलाई निलम्बन गर्ने निर्णयविरुद्ध दिएको रिट खारेज भएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय दालकुमार खड्का र दीपक खनालको संयुक्त इजलासले बुधबार पाण्डेको रिट खारेज गरिदिएको हो। यसअघि उच्च अदाललते पाण्डेको पक्षमा दिएको आदेश बदर भएको छ। उक्त आदेशसँगै उनी पुनः निलम्बित भएका छन्।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा अवरोध गरेपछि उनलाई गुरागाईँले जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए।
त्यसअघि उनले पाण्डेलाई आफूलाई कार्यालय प्रवेशमा अवरोध गर्नुको कारणबारे स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरेका थिए।
गुरागाईँले गरेको लिनम्बनविरुद्ध पाण्डे रिट लिएर उच्च अदालत पुगेका थिए। अदालतले उनका पक्षमा अन्तरिम आदेश दिएपछि उनी निलम्बनमुक्त भएका थिए।
Shares

प्रतिक्रिया