समाज


न्युयोर्कका फार्मेसीमा पनि अब कोरोना परीक्षण हुने

न्युयोर्कका फार्मेसीमा पनि अब कोरोना परीक्षण हुने

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ६:५४,

आइतबारसम्म विश्वभर २९ लाख २३ हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि हुँदा अमेरिकामा मात्र ९ लाख ६० हजारभन्दा बढी संक्रमित छन्।

विश्वभर २ लाख ३३ सयको मृत्यु भइसक्दा अमेरिकामा ५४ हजार २६५ को मृत्यु भएको छ।

यस्तै विश्वभर ८ लाख ३७ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि स्वस्थ भएका छन्। अमेरिकामा एक लाख १८ हजारभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।

अमेरिकामा दैनिक कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गइरहेको छ। यसबीचमा अमेरकामा कोरोनाले प्रभावित राज्य न्युयोर्कले फार्मेसीमा पनि कोरोनाको परीक्षण गर्ने भएको छ।

फार्मेसी औषधि पाइने स्थानहरु हुन्। कोरोनाबाट संक्रमित बनेका मानिसहरु जति चाँडो पहिचान हुन्छ त्यति नै चाँडो कोरोना नियन्त्रण गर्न सकिने भएपछि न्युयोर्कले आफ्नो राज्यमा भएका ५ हजारभन्दा बढी फार्मेसीमा पनि कोरोना परीक्षण सेवा सुरुवात गर्न लागेको हो।

न्युयोर्कका गभर्नर एन्ड्रु कुमोका अनुसार न्युयोर्कले दैनिक ४० हजारमा कोरोना परीक्षण गर्ने लक्ष्य राखेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .