ad ad

समाज


कोरोना परीक्षणको लागि प्रदेश २ का ८ वटै जिल्लामा विज्ञ परिचालित

कोरोना परीक्षणको लागि प्रदेश २ का ८ वटै जिल्लामा विज्ञ परिचालित

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ३:५,

प्रदेश २ का आठवटै जिल्लामा कोरोनाका शंकास्पद ठानिएकाका स्वाब सङ्कलन गरी परीक्षण गर्न विज्ञ परिचालन गरिएको छ।

नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) र इडिसिटीबाट आएका प्राविधिक टोलीले स्वाब संकलन सुरु गरेका हुन्।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौंबाट आएका ६ र जनकपुरका २ गरी आठ टोली शङ्कास्पद ठानिएका एक हजार पाँच जनाको स्वाब सङ्कलनमा खटिएको जानकारी दिए।

प्रदेश २ मा हालसम्म पाँच जना सङ्क्रमित देखिएका छन्। शनिबारदेखि सिराहाको लहान, गोलबजार, मिर्चैया, कल्याणपुर र सिरहा नगरपालिकाको क्वारेन्टाइनमा रहेकाको स्वाब संकलन सुरु गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .