भदौ २४ गते जेनजी आन्दोलनका क्रममा लुटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षा सामग्री होस्टलमा फेला परेको छ।
काठमाडौँ महानगरपालिका-३१ सुविधानगरको सम्पदा ब्वाइज होस्टलमा प्रहरीले आइतबार खानतलासी लिएर ती सामग्री बरामद गरेको हो।
सोही होस्टलको प्रयागमार्गबाट पनि प्रहरीले केही सामग्री बरामद गरेको छ। होस्टलबाट २ थान हत्कडी, लाठी र सशस्त्र प्रहरीको बडी प्रोटेक्टर र लाठी बरामद गरेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। यस्तै हार्ड डिस्क पनि बरामद भएकाे छ।
यी सामाग्री हाेस्टलकाे स्टाेरमा लुकाएको अवस्थामा बरामद भएका हुन्। प्रहरीले होस्टलका वार्डेन गोबिन्दकुमार ठाकुरलाई पक्राउ गरेको छ। उनी आन्दाेलन र लुटपाटमा संलग्न देखिएका छन्।
864
Shares

प्रतिक्रिया