समाज


गर्भवतीको मृत्युपछि किष्ट अस्पतालमा तनाव

गर्भवतीको मृत्युपछि किष्ट अस्पतालमा तनाव

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १२:३१, काठमाडौँ

ललितपुरको किष्ट अस्पतालमा गर्भवतीको मृत्यु भएपछि आफन्तले धर्ना दिएका छन्। खोटाङ घर भएकी मीना राईको उपचारको क्रममा अस्पतालमा शुक्रबार मृत्यु भएको थियो। 

सुत्केरी गराउन भर्ना भएकी राईको अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आइतबारदेखि आफन्त र स्थानीयले धर्ना दिएका हुन्। आइतबार उनीहरुले अस्पतालमा तोडफोड समेत गरेका छन्। 

आफन्तले दोषीलाई कारबाही र मृतकलाई न्याय माग गर्दै सोमबार पनि १० बजेदेखि नै प्रदर्शन गरिरहेका छन्। अस्पतालमा तोडफोड हुने देखिएपछि प्रहरी परिचालन गरिएको छ। 

अस्पतालले पीडित परिवारका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने धर्नामा सहभागी रोजन राईले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad