भारतको आन्ध्र प्रदेशमा आज बिहान दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनापछि बसमा आगो लाग्दा कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ।
आन्ध्र प्रदेशको कुर्नूल चिन्नाटेकुर नजिकै यात्रु बसमा आगो लागेको हो।
हैदरावादबाट बेंगलोरतर्फ जाँदै गरेको निजी बस दुई पाङ्ग्रे सवारी साधनसँग ठोक्किएपछि आगलागी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
आगलागीमा परेर घाइते भएका केही यात्रुको अवस्था गम्भीर छ। बसमा कम्तीमा ४० जना सवार थिए।
धेरै शव पूर्ण रूपमा जलेकोले पहिचान गर्न गाह्रो भएको अधिकारीहरुले जनाएको छन्।
114
Shares

प्रतिक्रिया