समाज


चुम्बनको भिडिओ भाइरल भएपछि हर्क साम्पाङको स्पष्टीकरण: त्यो कुनै बन्दकोठामा भएको थिएन

चुम्बनको भिडिओ भाइरल भएपछि हर्क साम्पाङको स्पष्टीकरण: त्यो कुनै बन्दकोठामा भएको थिएन

फाइल तस्बिर : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ


नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार १९:१, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई एक महिलाले चुम्बन गरेको भिडिओ/तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि स्पष्टीकरण दिएका छन्। 

उनले ती महिलाले आफूलाई कुनै बन्द कोठामा नभई सार्वजनिक भेटघाटमा चुम्बन गरेको उल्लेख गर्दै नकारात्मक नजरले नहेर्न आग्रह गरेका छन्। साथै उनी त्यतिबेला खुट्टा भाँचिएर अशक्त रहेकाले यो स‌ंवेदनशीलतालाई ख्याल गर्न पनि आलोचकहरूलाई साम्पाङले सुझाव दिएका छन्। 

‘एउटा फोटो निकै भाइरल बनाएर विरोधी कालो मनका पापी मान्छेहरूले अफवाह फैलाउँदै रैछन्। उहाँ लठ्ठी टेक्दै आउनुभा’को थियो। खुट्टा फ्याक्चर भएर पनि घण्टौँ पर्खनुभा’को थियो रे भन्ने खबर पाएँ। मलाई असहज हुँदाहुँदै पनि उहाँले मेरो गालामा म्वाइँ खानुभयो’, साम्पाङले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्,  ‘त्यो कुनै बन्दकोठामा भएको थिएन। त्यहाँ करिब १०० जना अन्य श्रमदाताहरू रहनुभएको थियो। सार्वजनिक भेटघाट कार्यक्रम थियो। उहाँको त्यो अशक्तताको ख्याल राखौँ। त्यो दिदीलाई चेलीको नजरले हेरौँ। मेरो साह्रै ठुलो समर्थक भएकोले उहाँले मलाई देख्दा त्यसरी स्नेह जनाउनु खोज्नुभएको हो भनेर मलाई हिजोको कार्यक्रममा भन्नुभयो। विरोध नगर्नू। कालो मनको दूषित सोचकाहरूलाई मेरो भन्नु केही छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad