समाज


माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १७:४६, भद्रपुर (झापा)

यहाँस्थित कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।

कचनकवलका ४९ वर्षीय लोकबहादुर गाइनेको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

उनका अनुसार अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर निजको मृत्यु भएको हो। घटनास्थलमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad