समाज


धानखेतमा नवजात शिशु फेला

धानखेतमा नवजात शिशु फेला

नेपालखबर
असोज २९, २०८२ बुधबार १९:५५, जलेश्वर (महोत्तरी)

यहाँको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा आज दिउँसो एक नवजात शिशु फेला परेको छ।
    
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार दिउँसो करिब २ बजे भार्गवसर पोखरी नजिकैको धानखेतमा अन्दाजी १५र१६ दिनको पुरुष शिशु जीवितै फेला परेको ह। 

जीउमा हल्का निलो रङगको लुगा लगाएको र गुलाफी रङगको कपडामा बेरिएको अवस्थामा रहेको उक्त शिशुलाई वनमा घाँस काट्न गएका स्थानीयहरुले धानखेतमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। 
    
प्रहरीले उक्त शिशुलाई तत्काल स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याएको छभने शिशु पूर्णरुपमा स्वस्थ र सुरक्षित रहेको जनाइएको छ।

शिशु कसको हो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। धानखेतमा किन छाडेको भन्ने सम्बन्धमा जिल्लाका सबै प्रहरी युनिटमा खोजतलासका लागि जानकारी गराइएको प्रनाउ भट्टले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad