समाज


युट्युबर मनोज मानव फेरि पक्राउ

युट्युबर मनोज मानव फेरि पक्राउ

नेपालखबर
असोज २८, २०८२ मंगलबार २१:३४, काठमाडौँ

युट्युबर मनोज मानव भनिने मनोज महतो फेरि पक्राउ परेका छन्। प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको हो।

यससँगै उनी छैटौँ पटक पक्राउ परेका हुन्।  

सोमबार उनले जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल रुपमा टेलिफोन गरेर प्रहरीलाई हप्काएको आरोप छ। ‘के काम छ भन्दा तिमीसँग कुरा हुँदैन, तिम्रो एसपी, डीएसपीको नम्बर देउ’ भन्दै अपशब्द प्रयोग गरेर गालि गरेको प्रहरीको आरोप छ। 

प्रहरीका अनुसार नम्बर दिएपछि उनले डीएसपीलाई पनि गालिगलौज गरेका थिए। उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छ। 

सिरहाको लहान नगरपालिका २४ घर भएका उनी काठमाडौँको कीर्तिपुर बस्दै आएका छन्। यसअघि २०८० माघ १२ गते, २०८० कात्तिक २१ गते र २०८१ पुस २० गते उनलाई साइबर ब्युरोले पक्राउ गरेको थियो।   

यस्तै सार्वजनिक अपराधको कसुरमा २०७४ असोज २२ गते सिरहामा र ज्यानसम्बन्धी कसुरमा २०८२ जेठ २८ गते जिल्ला प्रहरी परिसर काठमाडौँले पनि उनलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad