‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले जेनजी आन्दोलनका बेला विद्यार्थी र युवामाथि अन्धाधुन्ध गोली बर्साउँदा राजनीतिक दलका विद्यार्थी र युवा संगठन कहाँ थिए भनेर प्रश्न गरेका छन्।
एमालेको अनेरास्ववियु र कांग्रेसको नेविसंघले भदौ २४ मा भएका तोडफोड र आगजनीमा दोषी ठहर गर्दै आफूविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिइरहँदा सुदनले उनीहरू कसको हितका लागि खुलेका हुन् भनेर टिप्णी गरेका हुन्।
‘आफ्नो देशमा सुशासन कायम होस्, देशमै वस्ने वातावरण बनोस् भनी शान्तिपूर्ण आन्दोलनमा जाँदा देशको भविष्यका कर्णधार विद्यार्थी र युवाहरूमाथि अन्धाधुन्ध गोली वर्षाउँदा यिनै विद्यार्थी र युवाका नाममा खुलेका विद्यार्थी र युवा संगठनका हर्ताकर्ता कता लुकेका थिए’, सुदनले मंगरबार राति फेसबुकमा लेखेका छन्, ‘अबोध बालबालिकामाथि गोली बर्साएर ७५ जना विद्यार्थी र युवाहरूको हत्या गर्दा चुपचाप बस्ने विद्यार्थी र युवा संगठनका नेताहरू तिनै बालबालिकामाथि गोली बर्साउने आदेश दिने नेताहरूको बचागमा निर्लज्ज रूपमा उत्रेको देख्दा प्रमाणित भएन र तथाकथित विद्यार्थी र युवा संगठनहरू कसको हकहित लागि खुलेका रहेछन् भनेर!’
उनले प्रश्न गरेका छन्, ‘भोलि विद्यार्थी र युवाहरूमाझ राजनीति गर्न जाँदा सबैले यो प्रश्न गरौँ- हाम्रा साथीहरू सहिद हुँदै गर्दा तपाईंहरू कुन नेताको चाकडी गर्दै हुनुहुन्थ्यो?’
Shares

प्रतिक्रिया