जेनजी आन्दोलनमा हतियारसहित सामेल भएको आरोप लागेका टीओबी (तिब्बतीयन ओरिजिनल ब्लड) समूहका तेन्जिङ दावालाई थप ६ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ।
उनीविरुद्ध अभद्र व्यवहारमा प्रशासनबाट अनुमति लिएर प्रहरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले नेपालखबरलाई जानकारी दिए। तत्काल कुनै त्यस्तो बलियो प्रमाण फेला नपारेपछि प्रहरीले अभद्र व्यवहारमा प्रशासनबाटै म्याद लिएको हो।
जेनजी आन्दोलनको क्रममा उनीहरू हतियारसहित देखिएको भन्दै उनीहरूको तस्बिर र भिडिओ सार्वजनिक भएको थियो।
आफ्नो तस्बिर सार्वजनिक भएपछि टीओबीका सदस्य तेन्जिङ दावा आफैँ आइतबार प्रहरी कार्यालय उपस्थित भएका थिए।
उनले हतियार नक्कली भएको र घटना पनि पुरानो भएको दाबी गरेका छन्।
प्रहरीले पनि घटना अहिलेको हो भन्ने पुष्टि गर्न सकेको छैन। पछि प्रमाण जुटाउन सके सोहीअनुसार कारबाही बढाउने गरी अहिलेलाई भने अभद्र व्यवहारमा मात्रै म्याद थप गरिएको छ।
Shares

प्रतिक्रिया