ad ad

समाज


भारतीय जमाती पुगेको उदयपुरको शिवाईमा ७८ जनाको स्वाब संकलन

भारतीय जमाती पुगेको उदयपुरको शिवाईमा ७८ जनाको स्वाब संकलन

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १३:५६,

उदयपुरको शिवाईस्थित मस्जिदमा गएका स्थानीयको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। प्रदेश १ बाट आएको स्वास्थ्यकर्मीको टोलीले ७८ जनाको स्वाब संकलन गरेर लगेको उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए। 

भारत र बिराटनगरबाट आएका १६ जना जमाती फागुन २५ गतेदेखि चैत १ गतेसम्म शिवाईको मस्जिदमा बसेका थिए। उनीहरुमा कोरोना संक्रमण देखिएपछि जमाती पुगेका अन्य ठाउँका स्थानीयको पनि परीक्षण भइरहेको हो।

पहिलो चरणमा शिवाईमा रहेका २५ घर मुस्लिम समुदायका ७८ जनाको स्वाब संकलन गरिएको हो। भुल्केको मस्जिदमा रहेका र स्थानीय गरी २८ जनामा कोरोना संक्रमण देखिएपछि उदयपुरमा थपको परीक्षण भइरहेको हो।

संक्रमण देखिएका परिवारका अन्य सदस्य र त्यसक्षेत्र आसपासका सबैको परीक्षण गर्नु पर्ने स्थानीयको माग छ। किटको अभावका कारण भन्दै अन्यको स्वाब संकलन नगरी टोली फर्किएको छ। भुल्केमा पनि धेरैको स्वाब संकलन गर्न बाँकी छ।

शिवाईमा स्वाब संकलन गरिएकाहरुमा कोरोना संक्रमण देखिए परिवारका अन्य सदस्यको पनि परीक्षण गरिने प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए।
यदि त्यहाँ कोरोना संक्रमण नदेखिएको खण्डमा भने भारतीय जमातिबाट कोरोना संक्रमण नभएको पुष्टि हुनेछ। यसअघि उनीहरुबाटै कोरोना संक्रमण भएको आशंकासहित उनीहरु पुगेका सप्तरी र सुनसरीमा समेत स्वाब संकलन गरिएको छ।

सप्तरीका ६ सय ९१ जनाको -यापिड टेस्ट गरिएको छ। उनीहरुमा कोरोना संक्रमण देखिएको छैन। प्रदेश २ का एक सय ६४ वटा क्वारेन्टिनमा ३ हजार ६ सय बेड क्षमता छ। यहाँ एक हजार २ सय ८६ जना क्वारेन्टिनमा छन्।  २ सय २७ आइसोलेसन बेड रहेको यो प्रदेशमा ११ जना आइसोलेसनमा छन्।

६ सय ५४ वटा स्वाब संकलन गरिएकोमा ४५ वटाको रिपोर्ट आउन बाँकी छ। चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यी मध्ये तीन जना भारतीय जमाती र एक जना भारतबाट फर्किएका रौतहटका स्थानीय हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .