ad ad

राजनीति


सांसद यादवलाई अपहरण शैलीमा ल्याएको पूर्व गृहमन्त्री रावलको भनाई

सांसद यादवलाई अपहरण शैलीमा ल्याएको पूर्व गृहमन्त्री रावलको भनाई

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १३:४८,

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले महोत्तरीका सांसद डा. सुरेन्द्र यादवलाई जसरी तराईबाट काठमाडौं ल्याएकाे घट्नाकाे बिराेध गरेका छन्।

रावलले सांसद यादवलाई जसरी होटलको कोठामा थुन्ने लगायत गतिबिधि गरियो, त्यसले सिद्धान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाएको बताएका छन्।

पूर्व आइजीपी सर्वेन्द्र खनाल समेतको सहभागितामा सांसद यादवलाई जसरी राजधानी ल्याइयो, त्यसलाई पूर्व गृहमन्त्री समेत रहेका रावलले अपहरणको शैली भनेका छन्।

‘सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। ‘यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कारवाई हुनुपर्छ।’

सरकार पक्षले समाजवादी पार्टीका सांसद डा. यादवलाई काठमाडौं ल्याई सो पार्टीका अन्य असन्तुष्ट नेताहरुलाई समेत मिलाई नयाँ पार्टी गठन गर्न खोजेको बताइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपाल र

समाजवादी पार्टीले गए राती दुई पार्टी एकीकरण गर्ने घोषणा गरेका थिए। 

याे पनि: 
केहीलाई आर्थिक प्रलोभन दिइएको रहेछ, मलाई मन्त्री बनाइदिन्छु भन्ने आशय थियो: डा. यादव 
एउटा पोखरीमा छट्पटाएको माछालाई अर्को पोखरीमा सार्न खोजेका थियौँ: महेश बस्नेत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .