समाज


चार डीआईजी एआईजीमा बढुवा, सबैको जिम्मेवारी हेडक्वार्टरमा

चार डीआईजी एआईजीमा बढुवा, सबैको जिम्मेवारी हेडक्वार्टरमा

नेपालखबर
असोज २३, २०८२ बिहिबार १७:५२, काठमाडौँ

नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले रिक्त चार एआईजीमा बढुवाको निर्णय गरेको हो। असोज १२ गते बसेको बढुवा समितिको बैठकले नाम सिफारिस गरेको थियो। 

प्रशासन विभागका डीआईजी सुशिल सिंह राठौर, मधेस प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विक एआईजीमा बढुवा भएका हुन्। 

उनीहरु चारै जना डीआईजीको बरियतामा अगाडि थिए। बढुवा समितिले बरियता अनुसार नै बढुवा गर्न सिफारिस गरेको थियो। बढुवा भएका चारै जना एआईजीहरु २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएका थिए। यही टोलीका सिद्धिविक्रम शाह यसअघि नै एआईजी भइसकेका छन्। 

अब उनीहरुलाई कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग र प्रदेश समन्वय विभागको जिम्मेवारी पाउनेछन्। एआईजीका दरबन्दी भएका यी विभागहरु खाली छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad