ओखलढुङ्गा मोलुङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
मोलुङ गाउँपालिका-२ का ७२ वर्षीय टेक बहादुर राईले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
असोज १६ गते राति करिब ९ बजे आफ्नै घरमा राईले श्रीमती भवी लक्ष्मी राईलाई कुटपिट गरी कर्तव्य गरी हत्या हत्या गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको ओखलढुङ्गाले जनाएको छ।
प्रहरीले घटनास्थलमै राईलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
यस सम्बन्धमा ओखलढुङ्गा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।
54
Shares

प्रतिक्रिया