समाज


सर्वोच्चसहित देशभरका अदालत आज खुल्दै, काठमाडौँ अदालतले यी ११ सेवा मात्र दिने

सर्वोच्चसहित देशभरका अदालत आज खुल्दै, काठमाडौँ अदालतले यी ११ सेवा मात्र दिने

नेपालखबर
असोज २१, २०८२ मंगलबार ९:३२, काठमाडौँ

सर्वोच्च अदालतसहित देशभरका अदालतहरू दसैँ बिदापछि आज खुल्दै छन्। घटस्थापनाको दिनदेखि बन्द भएका अदालतहरू कोजाग्रत पूर्णिमाको भोलिपल्ट खुल्न लागेका हुन्।

जेनजी प्रदर्शनमा तोडफोड र आगजनीको सिकार बनेको बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतले सीमित सेवा दिने भएको छ। 

गत भदौ २३ र २४ मा भएको आन्दोलनका कारण आगजनी र तोडफोडका कारण स अदालतको भवनमा ठूलो क्षति पुगेको छ। उक्त क्षति र यसपछि पनि आउन सक्ने सुरक्षा चुनौती समेतलाई मध्यनजर गरी सीमित सेवा दिने गरी आजबाट अदालत खोल्न लागिएको स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए।

यस अदालतको सेवाप्रवाह तत्काल संकुचित रूपमा गर्नुपर्ने भएकाले सरोकारवाला तथा स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरी थप निर्णय नहुँदासम्म बार-बेन्च बैठकको असोज ५ को निर्णयानुसार आज २१ गतेदेखि निश्चित सेवा सुचारु हुने उनले बताए।

अदालतले घटस्थापनाअघिसम्म अपराध अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राख्ने म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पूर्जी स्वीकृति, पक्राउ पूर्जी अनुमति, बन्दीप्रत्यक्षीकरणको निवेदन, अभियोगपत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरूको बयान र थुनछेक गरी ६ प्रकारका काम गर्न थालेको थियो।

अब दर्ता विवाह, अधिकृत वारेसनामा, मृत्युको न्यायिक घोषणा, संरक्षक नियुक्ति र विशेष प्रकृतिका निवेदनहरूको दर्ता तथा कारबाहीसम्बन्धी ५ वटा सेवा थप गरिएको अदालतले जारी गरेको सूचनामा उल्लेख छ।

भदौ २३ गतेदेखि अर्को सूचना प्रकाशित गरी नियमित सेवा सुचारु नभएसम्मको लागि मुद्दाका पक्षहरूको तारेख गुज्रिएको पटक कायम नहुने, म्याद-हदम्याद नगुज्रिने पनि अदालतले स्पष्ट पारेको छ।

सर्वोच्च अदालतमा पाल टाँगेर बन्दी प्रत्यक्षीकरणका निवेदनको मात्र सुनुवाइ सुरु गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad