समाज


भोकै पर्नेलाई निःशुल्क खाना खुवाउँदै मानव धर्म सेवा समिति र पशुपति कोष

भोकै पर्नेलाई निःशुल्क खाना खुवाउँदै मानव धर्म सेवा समिति र पशुपति कोष

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ८:२९,

लकडाउनमा विभिन्न कारणले भोकै पर्नेहरुलाई नेपाल मानव धर्म सेवा समिति र पशुपति क्षेत्र विकास कोषले संयुक्तरुपमा नियमित निःशुल्क खाना खुवाउने गरेका छन्।

कोराना भाइरस कोभिड १९ को संक्रमणबाट जोगाउनका लागि सरकारले चैत ११ गते लकडाउन गरेको थियो। त्यसयता नै दुवै संस्थाले संयुक्त रुपमा गरिबी र अन्य कारणले दैनिक खानाका लागि अभाव भएकाहरुलाई पशुपतिस्थित माधवराज सुमार्गी भवनमा खाना खुवाउँदै आएका थिए।

तर, अहिले पनि खाना खुवाउने तरिका भन्ने फेरिएको छ। पेप्सीकोलास्थित सनसिटीमा २ जना संक्रमित भेटिएपछि भने सुमार्गी भवनमा खाना खुवाउन छाडेर सम्बन्धित व्यक्तिहरु भएकै ठाँउमा पुर्याउने गरिएको नेपाल मानव धर्म सेवा समितिको युवा संगठनका केन्द्रिय संयोजक नवीन कोइरालाले जानकारी दिए।

दैनिक रुपमा खाना पकाउन, प्याकिङ गर्न र वितरण गर्नमा भने विजय चोक युवा क्लब र सृजनसिल युवा क्लबले सहयोग गर्दै आएको कोइरालाले बताए। लकडाउन सुरु भएको चौथो दिनबाट खाना खुवाउन थालिएको र अहिले पनि नियमित रुपमा खाना खुवाउने गरेको उनले बताए ।

‘सुरुमा हामीले यहि सामूहिक रुपमा २ सय ५० खाना खुवाएका थियौं । पछि त्यो संख्या बढेर ३ सय ५० सम्म पुगेको थियो’, कोइरालाले भने, ‘जब सनसिटीमा संक्रमित फेला पर्यो । त्यसपछि हामीले भोका मान्छे जहाँ छन् । त्यहि खाना पुर्याउन सुरु गरेका छौं । कतिपय ठाँउबाट हामीलाई खानाको लागि फोन आउने गरेको छ । बौद्ध, धुलिखेल, गजुरी, मृगस्थली, कीर्तिपुर, पुतलीसडकसम्म खाना पुर्याएउने गरेका छौं । साधुसन्त, विधार्थीलाई पनि दिने गरेका छौं। अहिले दैनिक रुपमा ७ सयजतिलाई खाना खुवाउँदै आएका छौं।’

मानव धर्म सेवा समिति र पशुपति क्षेत्र विकास कोषका प्रतिनिधि सम्मिलित एउटा समिति रहेको छ । जसले खाना, खाद्यान्नको बारेमा आवश्यक निर्णय लिने गरेको छ । मानव धर्म सेवा समितिकातर्फबाट कोइराला, तथा कोषका सदस्यसचिव डा.प्रदिप ढकाल, परिषद् सदस्य राजुकुमार खत्री , कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, भवन सञ्चालक सुनिल वैद्य समितिमा रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .