इनरुवा (सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–५ बलाहाकी ६० वर्षीया गीता दाहाल दुई दिनदेखि बेपत्ता भएकी छन्। शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दसैँको टीका लगाउन मावल हिँडेकी दाहाल शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेकोका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए।
दाहाल इनरुवा–३ सखुवागाछीस्थित आफ्नो मावलतर्फ टीका लगाउनका लागि हिँडेकी थिइन्। शनिबार दिन बितिसक्दा पनि घर नफर्केपछि परिवारले खोजी सुरु गरेको छ। बेपत्ता महिलाको खोजीकार्य सुरु गरिएको प्रहरी उपरीक्षक थेबेले बताए। रासस
93
Shares

प्रतिक्रिया