भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वको मेची राजमार्गको माईखोलामा सडक सञ्चालनका लागि ३/४ दिन समय लाग्ने बताएको छ।
जोरकालासदेखि माईखोलासम्म सडक नबिग्रिए पनि बाढीले माईखोलामा बगाएको कारण समय लाग्ने भएको हो।
राजमार्गको बिब्ल्याँटेमा सडक मर्मतका लागि दुईवटा मेसिन परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
बिब्ल्याँटेबाट राक्सेसम्म दुईतर्फी रुपमै बाटो बन्द छ भने साखेजुङ (मिलगोलाई)मा पुवाखोलानजिकै सडक बगेको छ। राक्सेदेखि सुकेटारसम्मको सडक भने बिग्रिएको छैन।
36
Shares

प्रतिक्रिया