समाज


भैरहवामा अलपत्र यात्रु ल्याउन निगमको जहाज सोमबार १ बजे जाने

भैरहवामा अलपत्र यात्रु ल्याउन निगमको जहाज सोमबार १ बजे जाने

नेपालखबर
असोज १९, २०८२ आइतबार १७:५५, काठमाडौँ

नेपाल वायु सेवा निगमको जहाल भैरहवामा अलपत्र यात्रुको उद्धारका लागि सोमबार (भोलि) १ बजे काठमाडौँबाट उड्ने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको विशेष निर्देशनमा निगमले यो उडान तय गरेको हो।

आरए १७३१ नम्बरको उडान भोलि अपरान्ह १ बजे हुने तय भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।

प्रधानमन्त्री कार्कीले मुख्यसचिव अर्याललाई तत्काल अलपत्र यात्रुको उद्धारका लागि व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन्।

भोलि दिउँसो २ बजेर ४५ मिनेटमा भैरहवाबाट उक्त जहाज काठमाडौँ फर्किनेछ। 

आरए १७३२ को उक्त उडानमा १५८ जना यात्रु रहनेछन्।

यसमा बिरामी, अशक्त र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिइनेछ।

राति ९ बजेसम्ममा भए पनि एउटा उडान आज आइतबार नै राख्ने प्रयास गरिए पनि प्राविधिक कारणले भोलि मात्र तालिका मिलाउन सम्भव भएको निगमका अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad