अझै ३० घण्टा मनसुन सक्रिय रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले नेपालमा अझै ३० घण्टा मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको हो।
आगामी ३६ घण्टाका लागि गरिएको मनसुनी प्रणालीको अवस्थिति र सम्भावित फैलावटको विश्लेषणबाट बागमती, गण्डकी, मधेस र कोसी प्रदेशका अधिकांश स्थानमा मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ।
विभागका अनुसार, सक्रिय मनसुनको ठूलो प्रभाव बागमती र मधेसमा देखिनेछ। विभागले नदीको तटीय क्षेत्रमा रहेकाहरूलाई सुरक्षित स्थानमा जान पनि आग्रह गरेको छ।
420
Shares

प्रतिक्रिया