प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ।
पछिल्लो कोभिड-१९ परीक्षणमा दुई महिलासहित प्रदेशमा कोरोना पोजेटिभको सङ्ख्या पुगेको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ।
पोजेटिभ पुष्टि भएकामध्ये १६ नेपाली नागरिक र १२ जना भारतीय छन्। उनीहरुको उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबाट थ्रोट स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएको हो।
उनीहरुको उपचार विराटनगर-१० स्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रदेशमा हालसम्म ८२३ जनाको स्वाब पिसीआर विधिबाट परीक्षण गरिएको छ भने द्रुत गतिको आरडिटी विधिबाट तीन हजार ५९२ जनाको रगतको नमूना सङ्कलन गरिएको छ।
प्रदेशअन्तर्गतका विभिन्न स्थानमा रहेका आइसोलेसन शय्या बस्नेको सङ्ख्या ३४ रहेको छ भने क्वारेन्टाइनमा एक हजार ७० छन्।

प्रतिक्रिया