समाज


नागढुंगा-मुग्लिन सडक खुल्यो

नागढुंगा-मुग्लिन सडक खुल्यो

नेपालखबर
असोज १८, २०८२ शनिबार ७:५३, काठमाडौँ

पहिरो पन्छएपछि नागढुंगा-मुग्लिन सडक खुलेको छ।

जवाङ खोलामा खसेको पहिरो हटाएर यातायात खुलाइएको सडक डिभिजन भरतपुरले जनाएको छ।

तुइनखोला पुलनजिक खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडकमा भने एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।

हेर्नुहोस् सूचना:

मिति- २०८२/०६/१८ गते शनिबार 
समय- बिहान ७:१० बजे।
मुग्लिन-नारायणगढ सडकखण्डमा पानी परिरहेको छ, तुइनखाेला पुलनजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी सञ्चालनमा रहेकाे छ। पानी परिरहेको र यस खण्डमा जोखिम बढेकोले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्नुहुन र गर्नैपर्ने भए कृपया जानकारी लिएर सुरक्षा निकायकाे समन्वयमा मात्रै सावधानीपूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रु महानुभावहरूलाई हार्दिक अनुराेध गर्दछौँ।

मुग्लिन-नागढुंगा सडकखण्डको जवाङ खाेलानजिकै खसेको पहिरो हटाई हाल आवागमन सुचारु भैसकेको छ।

- सडक डिभिजन भरतपुर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad