कारोबार


निरन्तर वर्षाले सडकमा पहिरो खस्न थालेपछि मन्त्री कुलमानले बोलाए विभागीय प्रमुखहरूको बैठक

निरन्तर वर्षाले सडकमा पहिरो खस्न थालेपछि मन्त्री कुलमानले बोलाए विभागीय प्रमुखहरूको बैठक

नेपालखबर
असोज १८, २०८२ शनिबार ९:८, काठमाडौँ

निरन्तर वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुन थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विभागीय प्रमुखहरूको बैठक बोलाएका छन्। 

मन्त्री घिसिङको सचिवालयका अनुसार मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आज बिहान ११ बजे बस्ने गरी विभागीय प्रमुखहरूको बैठक बोलाएका हुन्। 

बैठकमा सडक सुरक्षा र सम्भावित विपद्‌बाट बच्न सकिने उपायबारे छलफल र निर्देशन हुने मन्त्री घिसिङको सचिवालयले जनाएको छ।

अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad