समाज


मुग्लिन-नारायणगढ एकतर्फी, मुग्लिन-नागढुंगा सडक दुईतर्फी बन्द

मुग्लिन-नारायणगढ एकतर्फी, मुग्लिन-नागढुंगा सडक दुईतर्फी बन्द

नेपालखबर
असोज १८, २०८२ शनिबार ७:२८, काठमाडौँ

निरन्तर वर्षाका कारण मुग्लिन-नारायणगढ सडकमा फेरि पहिरो खसेको छ।

सडक डिभिजन भरतपुरले आज बिहान दिएको जानकारीअनुसार तुइनखोला पुलनजिक पहिरो खस्दा एकतर्फी मात्र यातायात खुलेको छ।

यस्तै नागढुंगा-मुग्लिन सडकमा पनि पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।

हेर्नुहोस् सूचना :

मिति- २०८२/०६/१८ गते शनिबार।
समय- बिहान ७:१० बजे।
मुग्लिन-नारायणगढ सडकखण्डमा पानी परिरहेको छ, तुइनखाेला पुलनजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी सञ्चालनमा रहेकाे छ। पानी परिरहेको र यस खण्डमा पहिरोकाे जाेखिम कायमै रहेकाले कृपया जानकारी लिएर सुरक्षा निकायकाे समन्वयमा मात्रै सावधानीपूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रु महानुभावहरूलाई हार्दिक अनुराेध गर्दछौँ।

मुग्लिन-नागढुंगा सडकखण्डको जवाङखाेलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

- सडक डिभिजन भरतपुर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad