समाज


जाजरकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

नेपालखबर
असोज १५, २०८२ बुधबार १२:२४, काठमाडौँ

जाजरकोटको नलगाड नगरपालिका–५, कालीमाटीबाट पोख्रातिर गइरहेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। तीनजना घाइते छन्। 

बुधबार (असोज १५) बिहान कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जीप दुर्घटना हुँदा नलगाड–५, पोख्राका २२ वर्षीय निसान वलीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका उनलाई उपचारका निम्ति अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।

दुर्घटनामा सोही ठाउँका रवीन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन्। घाइतेमध्ये दुईलाई नेपालगन्ज र एकजनालाई रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad