नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोला पुल नजिकै गएको पहिरो पन्छ्याएपछि अवरुद्ध सडक सुचारु भएको छ।
सडकमाथिबाट खसेको लेदोसहितको पहिरो पन्छ्याएपछि सडक दुवैतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
वर्षाका कारण आज साँझ ७ः३० बजे लेदोसहित झरेको पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको थियो। पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालय भरतपुरको एस्काभेटर लोडर प्रयोग गरिएको थियो।
मुग्लिन क्षेत्रमा हाल वर्षा भइरहेका कारण पहिरोको जोखिम भने कायमै रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
करिब डेढ घण्टा सडक अवरुद्ध हुँदा सडकमा सवारीको जाम लागेको थियो।
विगत केही दिनदेखि तुइनखोलामा पटक÷पटक सुखा पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।
120
Shares

प्रतिक्रिया