समाज


रहेनन् ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’का लेखक पिटर जे. कार्थक

रहेनन् ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’का लेखक पिटर जे. कार्थक

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ९:१५,

उपन्यासकार पिटर जे. कार्थकको बुधबार बिहान निधन भएको छ।

७७ वर्षीय कार्थक केहि समययता क्यान्सर रोगका कारण ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत् थिए।

उनको प्रख्यात उपन्यास ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’का लागि उनले २०३४ सालमा साझा पुरस्कार पाएका थिए। पछि, सो पुस्तक ‘एभ्री प्लेस, एभ्री पर्सन’ नाममा अंग्रेजीमा उल्था गरिएको थियो।

पछिल्लो समय कार्थकका अंग्रेजी उपन्यास ‘काठमांड्रुइड्स’ लगायत कृतिहरु प्रकाशित भएका थिए।

भारतको सिलोङमा जन्मेर पश्चिम बंगालको दार्जिलिङमा हुर्के–पढेका कार्थर युवावस्थामै काठमाडौं आएका थिए। 

राजधानी काठमाडौंमा उनले साहित्यिक, सांगितिक, प्राज्ञिक तथा सञ्चार क्षेत्रमा लामो समय आवद्ध रहे।

दार्जिलिङदेखि नै अम्बर गुरुङ, अरुणा लामा, शरण प्रधान, रंजित गजमेर लगायतसँग सांगितिक गतिबिधिमा सहकार्य गर्दै आएका कार्थर काठमाडौं आएपछि रेडियो नेपालमा संगीतकारको रुपमा केहि वर्ष काम गरे।

रेडियो नेपालमा रहँदा उनले नारायण गोपाल लगायतलाई संगीतमा गितारवादककाे रुपमा साथ दिन्थे।

दार्जिलिङको आर्ट एकाडेमीमा कार्थक अम्बर गुरुङका शिष्य थिए। दार्जिलिङमाै‌ ‘हिलियन्स’ नामक उनीसहितको एक संगीत समुह सक्रिय थियो।

त्यहाँदेखि सुरु भएको उनीसँगको निकटता काठमाडौंमा पनि अन्तिमसम्म जारी रह्यो। संगितज्ञ गुरुङको चार वर्षअघि निधन भएको हो।

‘वुवा १९६० को दशकमा काठमाडौं आउनुभयो। कार्थक अंकल पनि लगभग त्यहि समयमैं काठमाडौं आउनुभएकाे हाे। वुवासँग उहाँको बिभिन्न ढंगबाट सहकार्य भइरहन्थ्यो,’ अम्बर गुरुङका छोरा राजुले नेपालखबरसँग भने। ‘उहाँ बुवासँग निकै निकट हुनुहुन्थ्यो।’

पछिल्ला केहि दशक कार्थक अंग्रेजी दैनिकहरुमा साहित्यिक सम्पादकका रुपमा क्रियाशिल रहे। उनी काठमान्डु पोस्ट र रिपब्लिकामा धेरै वर्ष सम्पादन कार्यमैं आवद्ध थिए।

उनको बिहीबार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .