समाज


तुइनखोलामा खस्यो ठूलो पहिरो, अन्य सडक प्रयोग गर्न आग्रह

तुइनखोलामा खस्यो ठूलो पहिरो, अन्य सडक प्रयोग गर्न आग्रह

नेपालखबर
असोज ७, २०८२ मंगलबार १७:४०, काठमाडौँ

मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि ठूलो खसेको छ। 

पहिरो साँझ ५ बजे आसपास खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भएको र सडक खुलाउन कति समय लाग्छ भन्ने सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ। त्यस्तै कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न पनि यात्रुहरूलाई अनुरोध गरेको छ।  

दिउँसो १ बजेदेखि दुवैतर्फ बन्द भएको सडक केहीबेर सञ्चालनमा आएको थियो। तर फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।  

यसअघि, गत शुक्रबार साँझ खसेको पहिरोका कारण सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो। त्यसको झन्डै ४५ घण्टापछि सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको थियो।

तर, माथिबाट निरन्तर खसिरहेको सुक्खा पहिरोका कारण सडक आवागमन सहज हुन सकेको छैन। सडकमा दसैँका लागि घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad