बाँकेको खजुरा गाउँपालिका–२ ए गाउँस्थित सडकमा भे २ त १४०० नम्बरको ट्रयाक्टरले भे १३ प ४४०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ।
मृत्यु हुनेमा स्कुटर चालक सोही गाउँपालिका–२ गौघाट बस्ने ४८ वर्षीय सोबिन्द्र सिंह ठकुरी रहेका प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले हाल फरार ट्रयाक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
81
Shares

प्रतिक्रिया